Rule 6
विदेशबाट नेपालको बाटो प्रयोग गरी अन्य विदेशी मुलुकमा मालवस्तु लैजाने सम्बन्धी व्यवस्था
(१) विदेशबाट नेपालको बाटो प्रयोग गरी अर्को कुनै विदेशी मुलुकमा मालवस्तु लैजाने प्रयोजनका लागि प्रयोग हुने भन्सार कार्यालयहरू विभागले तोक्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम विदेशबाट नेपालको बाटो प्रयोग गरी अर्को कुनै विदेशी मुलुकमा मालवस्तु लैजान चाहने मालवस्तुधनीले मालवस्तुकासाथ विभागले तोकेको ढाचामा चार प्रति फाराम तथा प्रज्ञापनपत्र भरी सम्बन्धित भन्सार कार्यालयमा पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त फाराम र प्रज्ञापनपत्र उपर आवश्यक जाँचबुझ गर्दा सम्बन्धित भन्सार कार्यालयले प्रतिबन्धित मालवस्तु भएको नदेखिएमा नेपाल सरकारले तोकेबमोजिमको सेवा शुल्क लिई मालवस्तु रहेको बन्द कन्टेनरमा सील लगाई प्राप्त फारामहरू प्रमाणित गरी एक प्रति फाराम मालवस्तुधनीलाई दिई एक प्रति फाराम अभिलेखका लागि आफ्नो कार्यालयमा राखी दुई प्रति फाराम निकासी गर्ने भन्सार कार्यालयमा पठाई नेपालको बाटो प्रयोग गरी अर्को विदेशी मुलुकमा लैजान पन्ध्र दिनसम्मको बाटाको म्याद दिई अनुमति दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम पैठारी गर्न अनुमति दिइएको मालवस्तु निकासी हुने भन्सार कार्यालयमा प्राप्त हुन आएमा सो कार्यालयले उपनियम (२) बमोजिमको फाराम प्रमाणित गरी त्यस्तो मालवस्तु निकासी गर्न अनुमति दिनेछ र सो फारामको एकप्रति पैठारी गर्ने भन्सार कार्यालयमा पठाइदिनु पर्नेछ ।
(५) उपनियम (३) बमोजिम नेपालको बाटो प्रयोग गरी अर्को विदेशी मुलुकमा निर्धारित म्यादभित्र लैजान नसकेमा सोको कारण खुलाई निकासी गर्ने म्याद थप गर्न मालवस्तुधनीले विभागमा निवेदन दिन सक्नेछ । त्यसरी प्राप्त निवेदन उपर जाचबुझ गर्दा कारण मनासिव लागेमा विभागले मनासिव म्याद थप गरिदिन सक्नेछ ।
(६) उपनियम (३) बमोजिम पैठारी भएको मालवस्तु विदेशी मुलुकमा निर्धारित समयभित्र निकासी नगरी नेपालभित्रै बिक्री वा उपयोग गरेमा त्यस्तो मालवस्तुमा लाग्ने महसुल र शत प्रतिशत थप महसुलसमेत मालवस्तुधनीबाट असुल गरिनेछ ।
(७) यस नियमबमोजिम विदेशबाट नेपालको बाटो प्रयोग गरी अन्य विदेशी मुलुकमा मालवस्तु लैजादा बन्द कन्टेनरको प्रयोग गर्नु पर्नेछ ।